ट्रेन्डिङ

दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्ने अनुमति

काठमाण्डौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतले उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको हो ।

न्यायाधीश कमला पौडेलले उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकी हुन् ।

केन्द्रीय साइबर ब्यूरोले विद्युतीय कारोबार ऐन–२०६३ अनुसारको कसुरमा अनुसन्धान गर्न उनलाई थप १० दिन हिरासतमा राख्न अनुमति मागेको थियो । मंसिर ४ मा भक्तपुरबाट पक्राउ परेका प्रसाईँविरुद्ध कम्तीमा ५ वटा कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

सम्पत्ति शुद्धीकरण, लिखत किर्ते, आपराधिक लाभ र संगठित अपराध मुद्दामा उनलाई अभियोजन गर्ने सरकारी तयारी छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै