बीरगन्ज । पर्सा प्रहरीले अपहरण गरी फिरौती रकम मागेको आरोपमा दुइजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलीले अपहरण गरी २ लाख रुपैयाँ फिरौती मागेको आरोपमा दुइजनालाइ पक्राउ गरेको हो ।
प्रहरी स्रोतका अनुसार अपहरण गरी फिरौती माग्ने बीरगन्ज इनर्वाका सुरेश दाससहित दुइजनालाइ पक्राउ गरेको हो ।
पर्सा प्रहरीका एक अधिकारीले भने, ‘ केही व्यक्तिले रौतहटका एक युवकलाई अपहरण गरेको थियो, त्यसको मोटरसाइकलसमेत नियन्त्रणमा राखिएको थियो । मोटरसाइकल र अपहरित व्यक्तिलाई रिहा गर्नका लागि आज ५० हजार अपहरित परिवारसंग बुझेर जानेक्रममा पक्राउ गरिएको हो ।’
अपहरित व्यक्तिको बारेमा अहिले अनुसन्धान भइरहेकोले विवरण खुलाउन नमिल्ने पर्सा प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका दुबैजनालाइ जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।