ट्रेन्डिङ

रवि लामिछाने थप १५ दिन हिरासतमा रहने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थप १५ दिन हिरासतमा रहने भएका छन् । उनलाइ थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो ।

कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेले प्रहरीलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

यसअघि कार्तिक २५ मा उनलाई १३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । उनीमाथि पोखराको सुर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।

रवि लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशी र लिला पछाईलाई पनि १५ दिन थुनामा राख्न अनुमति दिएको छ । लामिछाने र जोशीविरुद्ध चितवनको सहरा बचतको रकम अपचलन आरोपमा चितवन जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै