प्रधानमन्त्री केपी शर्मा ओलीका बुबा आज अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना भएका हुन ।
उनलाई फोक्सो सम्बन्धी समस्या देखिएपछि शनिबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।
सामाजिक सञ्जाल फेसबकुमार्फत बुबालाई फोक्सो सम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना गरिएको प्रधानमन्त्री ओलीले जानकारी गराएका छन् ।
प्रधानमन्त्री ओलीले अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको समेत सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।