महोत्तरी । जिल्ला प्रशासन कार्यालय महोत्तरीका एक जना नायब सुब्बा घुस रकमसहित पक्राउ परेका छन् । कार्यालयको मुद्दा शाखामा कार्यरत एक जना नायब सुब्बा घुस रकमसहित पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले उनलाई शुक्रबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा नायब सुब्बा अशोककुमार यादव रहेका जनाइएको छ ।
उनलाई सेवाग्राहीसँग लिएको २० हजार रुपैँया घुससहित रंगेहात पक्राउ गरेको अख्तियार आयोगको कार्यालयले जनाएको छ ।
सवारी ज्यान मुद्दामा सवारीधनी पक्षले पीडितपक्षलाई दिने क्षतिपूर्ति तथा क्रिया खर्चबाट लिएको २० हजार रुपैयाँ घुससहित कार्यालयबाटै पक्राउ गरेको आयोगको भनाइ छ ।