ट्रेन्डिङ

गढीमाई मेला : जनावरको बलिमा मार हान्ने हतियार खुल्ला रुपमा प्रदर्शन गर्न वा बोक्न निषेध

बीरगन्ज । जिल्ला प्रशासन कार्यालय बाराले बलिमा मार हान्ने हतियार खुल्ला रुपमा प्रदर्शन गर्न वा बोक्न निषेध गरेको छ । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले शुक्रबार सूचना जारी गर्दै यस्तो निषेध लगाएका हुन् ।

उनले महागढीमाई नगरपालिकाको वडा नम्बर १ स्थित गढीमाई मन्दिरमा लागेको मेला अन्र्तगत बलि कार्यक्रममा कुनै पनि जनावरलाई मार हान्ने हतियार खुल्ला रुपमा नबोक्न तथा प्रदर्शन नगर्न निर्देशन दिए ।

उनी भन्छन्, ‘पञ्चवर्षीय मेला ०८१ को बलि कार्यक्रम अन्र्तगत कुनै व्यक्ति/मारकले बलिका लागि मार हान्न प्रयोग हुने हतियारहरु जस्तै तरबार, खुँडा, खुकुरी, चककु लगायतका हतियारहरु खुल्ला रुपमा प्रदर्शन गर्न, बोक्न वा जनजीवनलाई हतियार देखाएर आतंकित गर्न पाइने छैन ।’

उनले प्रशासनको यो सूचनालाई अटेर गरी कानुन विपरित गए कारबाहीको दायरमा ल्याउने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै