ट्रेन्डिङ

‘घुमौँ मधेश, बुझौँ मधेश’ को संयोजकमा बिकासकुमार ठाकुर नियुक्त

जनकपुरधाम । ‘घुमौँ मधेश, बुझौँ मधेश’ कार्यक्रमको संयोजकमा बिकासकुमार ठाकुर नियुक्त भएका छन् ।

मधेश प्रदेश सरकारले मधेशको पर्यटन प्रवर्द्धन अभियान सञ्चालनको संयोजकको जिम्मा ठाकुरलाई दिएको हो ।

मुख्यमन्त्री सतिशकुमार सिंह र उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाँले ठाकुरलाई नियुक्ति पत्र प्रदान गरेका छन् ।

मधेश प्रदेश सरकारले पर्यटनको विकासलाई उच्च प्राथमिकतामा राखेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

यसैअन्तर्गत महत्वाकांक्षी सरकारी कार्यक्रम ‘घुमौँ मधेश, बुझौँ मधेश’ घोषणा गरी संयोजकमा ठाकुरलाई नियुक्त गरिएको मुख्यमन्त्री सतिस सिंहले जानकारी दिए ।

सर्लाही निवासी ठाकुर नेपाल फाउन्डेसनका संस्थापक हुन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै