बीरगन्ज । धनुषाबाट ९ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाइ फरार भएका प्रतिवादी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले तीन जना किर्ते, तीन जना कुटपिट अंगभंग, दुई जना बिगो र एक जना जालसाजी मुद्दाका गरी ९ जना प्रतिवादीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक वरुण बहादुर सिंहले बताए ।
उनीहरुलाई लुकिछिपी बस्दै गरेको अवस्थाबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ । पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जानकारी दिएको छ ।