ट्रेन्डिङ

अभद्र व्यवहार गरेको आरोपमा रौतहटबाट तीन जना पक्राउ

रौतहट । अभद्र व्यवहार गरेको आरोपमा रौतहटबाट तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गढीमाई नगरपालिका वडा नम्बर ९ बस्ने सोनेलाल सहनी, सनम सहनी र शैलेन्द्र सहनी रहेका छन् ।

उनीहरुमाथि गरुडा–३ मलाही निवासी परिक्षण सहनी र माधवनारायण नगरपालिका–७ लौकाहा घर भएका राज सहनीलाई अपमान तथा अमानविय व्यवहार गरेको आरोप छ ।

यहि मंसिर ४ गते भइ गरुडा बजारबाट घरतर्फ जाँदै गरेका परिक्षण र राजुलाई ती तीन जनाले गाली गलौज गर्दै कुटपिट समेत गरेका प्रहरीको भनाइ छ ।

रौतहटका डिएसपी दीपक कुमार रायका अनुसार चाँदीपुल नजिक सडकखण्डमा तीन जनाले मोटरसाइकलमा सवार परिक्षण र राजुलाई रोकेका थिए । त्यपश्चात चारैतिरबाट घेरा हालेर पूर्व रिसइबी राखी विभिन्न किसिमका गाली गलौज गर्दै कुटपिट गर्नुका साथै परिक्षण र राजुको घाँटीमा जुत्ताको माला लगाएर अभद्र व्यवहार गरेका डिएसपी रायले बताए ।

पक्राउ परेकाहरुमाथि अपमानजनक तथा अमानविय व्यवहार कसूरमा मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै