ट्रेन्डिङ

हुण्डीको ६ लाख रकमसहित रौतहटबाट एक जना पक्राउ

रौतहट । रौतहटबाट प्रहरीले हुण्डीको रकमसहित एकजनालाई पक्राउ गरेको छ । विशेष सूचनाको प्रहरीले गौर नगरपालिका वडा नम्बर १ राइसल मिलको पूर्व दक्षिण कुनाको बाटोबाट हुण्डीको रकमसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गौर नगरपालिका वडा नम्बर १ बस्ने ५४ वर्षका बिरेन्द्र कुमार जयसवाल रहेका प्रहरी प्रवक्ता दीपक कुमार रायले बताए ।

उनका अनुसार प्रहरीले पैदल यात्री तथा सवारी साधनलाइ रोकेर जाँच गरेको थियो । सोही क्रममा जयसवालले लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको रकम बरामद भएको हो ।

उनको साथबाट पाँच सय दरको नेपाली नोट २०० थान गरी एक लाख रुपैँया तथा एक हजार दरका ५०० थान गरी पाँच लाख रुपैँया गरी जम्मा ६ लाख नेपाली नोट फेला पारेको प्रवक्ता रायले जनाए ।

यसैगरी जयसवालको साथबाट ‘लाभा’ कम्पनीको स्क्रिनटच मोबाइल एक थान समेत बरामद गरेको प्रहरी बताउँछ ।

पक्राउ परेका उनलाई लागि जिल्ला अदालत रौतहटबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनायो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै