सर्लाहीमा दिनदहाडै एक घरबाट २२ लाख रुपैयाँ बराबरको धनमाल चोरी

सर्लाही । सर्लाहीमा दिनदहाडै चोरी भएको छ । मलंगवा नगरपालिकास्थित एक घरबाट २२ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मलंगवा नगरपालिका–३ बस्ने नवीन कुमार सिंहको घरमा आइतबार दिउँसो चोरी भएको हो ।

उक्त घरबाट सुन तथा चाँदीका विभिन्न गरगहना र नगद समेत गरी करिब २२ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको सर्लाही प्रहरीले जनाएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै